चीनमा नेपालको घाँस, केन्याकोे फूल

चीनमा नेपालको घाँस, केन्याकोे फूल

चिनियाँ बजारमा अफ्रिकी मुलुक केन्यामा उत्पादित विभिन्न जातका फूल पाउन थालिएको छ । पछिल्ला केही वर्षदेखि केन्याबाट अन्य सामानझैँ चीनमा फूलको निर्यात पनि बढ्न थालेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार अफ्रिकाका धेरै मुलुकसँग चीनका विभिन्न शहरबाट सोझो हवाई उडान हुन थालेपछि फलफूलसमेत आयात हुन थालेको हो । पछिल्लो १४ वर्षदेखि चीन अफ्रिकी मुलुकहरुबीच सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ । यो परिणाम चीनले अघि सारेको बीआरआई परियोजनाको द्योतक रहेको चिनियाँ पक्षको भनाई छ ।  

यता नेपालबाट चीनको तिब्बतमा गाईबस्तुलाई खुवाइने पोषिलो घाँस निर्यात हुन थालेको छ । चितवनमा उत्पादित साइलेजलाई चिनियाँ मापदण्डबमोजिम उत्पादन र प्रशोधन गरेर गत शनिबार रसुवागढी नाका हुँदै स्थलमार्गबाट चीन पठाइएको हो । 

पहिलो पटक १० ट्रक घाँस तिब्बत पुगेको छ । चिनियाँ नागरिक चाङ चीनसियाङको नेपाल होराइजन इन्टरनेसनल प्रा.लि.ले पहिलो लटमा सिगात्सेमा नेपाली घाँस पठाएको हो । कम्पनीले आगामी दिनमा वार्षिक तीन लाख टन घाँस चीन निर्यात गर्ने लक्ष्य राखेको छ । यसबाट तीन करोड अमेरिकी डलर नेपाललाई आम्दानी हुने कम्पनीका सिईओ चाङले जानकारी दिएका छन् । 

फोटो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू