माछा मार्न गएका शेर्पा आफैं बिते

माछा मार्न गएका शेर्पा आफैं बिते

मोरङमा करेन्ट लगाएर माछा मार्न गएका एक जनाको ज्यान गएको छ । 

बेलबारी नगरपालिका ४, काकुम बुधबारेका ३५ वर्षीय निङदा रिङ्दे शेर्पाको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो । 

घर नजिकैको खोल्सीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू