चीनबाट अर्को कम्युनिस्ट टोलीको आगमन

चीनबाट अर्को कम्युनिस्ट टोलीको आगमन

चिनियाँ कम्युनिष्ट पार्टीको चोङ्ग्छिङ्ग नगरका सचिव तथा परराष्ट्र मामिला उप-निर्देशक झाउ यी नेतृत्वको एक टोली नेपाल आएको छ ।

उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटका लागि उक्त टोली आज अपराह्न काठमाडौँ आइपुगेको हो । भ्रमण टोलीमा उपनिर्देशक झाउसँगै लि बिन,झोङ्ग पेङ्ग, र झाङ्ग मिन छन् । उनीहरु श्रीलंकन एयरलाइन्सको उडान नम्बर युएल १८१ मा अपराह्न कोलम्बोबाट आएका हुन् ।  

चिनियाँ टोलीलाई यहाँस्थित चिनियाँ राजदूत चेन सोङ्गले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

टिप्पणीहरू