मन्त्रीहरुको नयाँ दिल्ली आउजाउ झन बाक्लियो

मन्त्रीहरुको नयाँ दिल्ली आउजाउ झन बाक्लियो

पछिल्लो समय मन्त्री र सरकारी अधिकारीहरुको भारत आवतजावत निकै बाक्लिएको छ । सोही क्रममा कृषिमन्त्री फर्केलगत्तै वनमन्त्री त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल आज बिहान अकाठमाडौं फर्कनुभएको छ । उहाँ नेतृत्वको चार सदस्यीय टोली एअर इण्डियाको उडान नम्बर एआई २१३ मा बिहान पौने ९ बजे स्वदेश फर्केको हो । 

आजै बिहान वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतो नयाँ दिल्ली जानुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान पौने ९ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

टिप्पणीहरू