उपेन्द्रको पार्टीले रंग फेर्यो

उपेन्द्रको पार्टीले रंग फेर्यो

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको झण्डा र लोगो परिवर्तन गरेको छ । पार्टी विधान सँशोधनसँगै नयाँ झण्डा र लोगो कायम गरिएको छ ।

यसअघि झण्डाको माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिसहित सेतो तारा थियो । अहिले भने पूरै रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ ।

परिवर्तित पार्टीको लोगोमा कसिलो मुठ्ठीसहितको सेतो हातलाई रातो तारामाथि राखिएको छ । त्यसलाई रातो घेराभित्र कायम गरिएको जानकारी दिइएको छ । 

जसपाको विधान प्रमाणीकरण समितिले यसरी झण्डा र लोगो परिवर्तन गरेको हो ।

टिप्पणीहरू