भारतले बाँध खोलेपछि महाकाली नदीको सतह बढ्यो
भारतले फेरि धौलीगंगा बाँधको ढोका खोलेको छ । आज बिहान सबेरै बाँधको ढोका खोलेपछि महाकालीमा पानीको सतह बढेको छ ।
भारतले आज बिहान ५ बजे खोलेको बाँधको ढोका बेलुकी ८ बजेसम्म खोल्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भारतले हरेक वर्ष वर्षायाममा धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने गरेको छ । परियोजनाको नहरमा जमेको बालुवा सफाई गर्न बाँधको ढोका खोलिएको बताइएको छ ।
गत असार २६ गते पनि उक्त बाँधको ढोका खोलिएको थियो ।
टिप्पणीहरू