बैतडीको पहिरोमा आमा छोरा बिते
बैतडीमा पहिरोले घर पुरेपछि आमा छोराको निधन भएको छ । पुर्चौडी नगरपालिका–२, भैरु टोलकी २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजनको मृत्यु भएको हो ।
मृत अञ्जुकी सासु, १७ वर्षे देवर र पाहुना ६० वर्षे जस्मा बोहरा घाइते भएका छन् । पहिरोमा दर्जनौं चौपाया मरेका छन् ।
मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा भएको बताइएको छ ।
टिप्पणीहरू