तनहुँमा माइक्रोबस ठोक्कियो, एक दर्जन यात्रु घाइते
तनहुँको आँबुखैरेनीमा माइक्रोबस ठोक्किएको छ । पृथ्वीराजमार्गको साँखरमा दुई विपरीत दिशाबाट आइरहेका माइक्रोबसहरु ठोक्किँदा १२ यात्रु घाइते भएको बताइएको छ ।
प्रहरीका अनुसार मुग्लिनबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा.२ ख ४०२० नम्बरको माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख ५१७९ नम्बरको माईक्रोबस गएराति ठोक्किएका हुन् । दुर्घटनामा बा.२ ख ४०२० नम्बरको माइक्रोमा सवार यात्रुहरू घाइते भएका हुन् ।
घाइतेमध्ये चार जनाको स्थानीय अस्पतालमा र बाँकीको चितवनमा उपचार भइरहेको छ । दुर्घटनामा तनहुँको ब्यास नगरपालिका–४ का २५ वर्षे गणेश राई पोखरा महानगरपालिका २१ का ४१ वर्षे विजय पौडेल, ४५ वर्षे प्रेम ठकुरी, १९ वर्षे रोशन ठकुरी घाइते भएका छन् ।
त्यसैगरी घाइतेहरुमा पोखरा १४ का ४४ वर्षे मनोज तामाङ, ३६ वर्षकी सबिता श्रेष्ठ तामाङ, रौतहटको वृन्दावन नगरपालिका ७ का २६ वर्षे प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका २१ का १८ वर्षीय आइजन गुरुङ हुन् ।
प्राप्त विवरण अनुसार दुर्घटनामा धादिङको नीलकण्ठ नगरपालिका १, का २४ वर्षे राजु गिरी, गोरखाको पालुङटार नगरपालिका ६ का ३६ वर्षे रामप्रसाद गुरुङ, व्यास नगरपालिका ११ का ४० वर्षे डिल्लीराम भुजेल, पोखरा १४ की ३८ वर्षीया लेकाली गुरुङ पनि घाइते भएका छन् ।
टिप्पणीहरू