अधिकारीका गीतमाथिको प्रतिबन्ध फिर्ताकाे माग

अधिकारीका गीतमाथिको प्रतिबन्ध फिर्ताकाे माग

संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीका सिर्जनाहरु बहिष्कार गर्ने रेडियोसम्बद्ध तीन छाता संगठनको निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ । 

गीतकार संघ, संगीतकार संघ, प्रस्तोता समाज, संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता र रोयल्टी संकलन समाजले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन् । 

नेपाल स्वतन्त्र रेडियोसम्बद्ध छाता संगठन रेडियो ब्रोडकाष्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ्ग एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले साउन ४ गते संयुक्त विज्ञप्ति जारी गर्दै संगीतकार अधिकारीका सम्पूर्ण सांगीतिक कृतिहरु बहिष्कारको घोषणा गरेका थिए । 

अधिकारीका सिर्जनामाथि लगाइएको अन्यायपूर्ण प्रतिबन्धप्रति खेद प्रकट गर्दै संगीतसम्बद्ध संघसंस्थाले तत्काल सो निर्णय फिर्ता लिन आग्रह गरेका हुन् । अन्यथा, समस्त स्रष्टाका र कलाकारका सांगीतिक सिर्जनाहरु प्रसारणमा रोक लगाउन आफूहरु पनि बाध्य हुने उनीहरुको चेतावनी छ ।

टिप्पणीहरू