काँग्रेसका १४ बागी विजेताको कारबाही फुकुवा
नेपाली काँग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएका १४ जनाको कारबाही फुकुवा गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर जितेका १४ नेतामाथि गरेको कारबाही फुकुवा गरेको हो ।
काँग्रेसबाट बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाही र नवराज शाहीको कारबाही फुकुवा भएको छ । त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायत र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार शाहसहितलाई पनि कारबाही नहुने भएको छ ।
प्रल्हादकुमार क्षेत्री, तारादेवी महतो, भोला खड्का, राम यादव, विजयकुमार महतो, विदेश्वर शाह, रूकुम तामाङ र लक्ष्मण सिंहको कारबाही पनि बैठकमा फुकुवा भएको जनाइएको छ ।
टिप्पणीहरू