सार्वजनिकस्थलमा घरेलु हतियार प्रर्दशन गर्न रोक

सार्वजनिकस्थलमा घरेलु हतियार प्रर्दशन गर्न रोक

जिल्ला प्रशासन कार्यालय धनुषाले पर्वका नाममा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हातहतियारको प्रदर्शन गर्न नपाइने प्रष्ट पारेको छ । 

पर्वका अवसरमा सार्वजनिकस्थानमा घरेलु हातहतियारको प्रदर्शन भैरहेको भन्दै प्रशासन कार्यालयले त्यसो नगर्न भनेको हो । प्रशासनले विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन आग्रहसमेत गरेको छ । अन्यथा, प्रचलित कानूनबमोजिम कारबाही गरिने सिडियो कार्यलयको चेतावनी छ ।  

‘विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन तथा पर्वको अवसरमा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हतियार (खुकुरी, तरवार, भाला, फर्सा आदि) प्रदर्शन नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय अनुरोध गर्दछ,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी कुनै किसिमको कार्य गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू