क्यानिओनिङबाट लडेर युवतीको मृत्यु
कास्कीमा क्यानिओनिङ गर्ने क्रममा चिप्लिएर एक युवतीको ज्यान गएको छ । माछापुच्छ्रे गाउँपालिका–९, घलेलस्थित पोखरा क्यानिओनिङमा क्यानिओनिङ गर्ने क्रममा चिप्लिँदा पोखरा महानगरपालिका–२६, बुढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको मृत्यु भएको बताइएको छ ।
हिजो दिउँसो भएको उक्त दुर्घटनामा युवती करिब एक सय मीटर माथिबाट खसेर पानीमा बजारिएकी थिइन् । तत्काल उद्धार गरेर मणिपाल शिक्षण अस्पताल पुर्याए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
टिप्पणीहरू