थानकोटमा सडकबाट भ्यान खस्यो : दुईको निधन, तीन घाइते
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
थानकोटमा बा. १० च ३५४६ नम्बरको भ्यान दुर्घटनामा सिन्धुलीका २० वर्षीय नवराज थोकर र काभ्रेपलाञ्चोकका ४५ वर्षीय अनिल तामाङको निधन भएको बताइएको छ ।
भ्यानमा सवार अरु तीन जना गम्भीर घाइते भएका छन् । सिन्धुपलाञ्चोकका ३४ वर्षीय निरज भण्डारी, मकवानपुरका ४० वर्षीय राजु लामा र झापाका अमित बस्नेत घाइते भएका हुन् ।
चन्द्रागिरिबाट मकवानपुरतर्फ जाँदै गरेको भ्यान सडकबाट दुई सय मीटर तल खसेको हो ।
टिप्पणीहरू