प्राधिकरणका कर्मचारीले खिर खाँदै नासपातीका बिरुवा रोपे

प्राधिकरणका कर्मचारीले खिर खाँदै नासपातीका बिरुवा रोपे

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले वृक्षरोपण गरेका छन् । प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरमा वृक्षरोपण गरिएको बताइएको छ । प्राधिकरण मातहतका कार्यालयले सो अवसरमा मुलुकभर वृक्षरोपण गरेका हुन् । 

विभिन्न स्थानका कार्यालयले आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरु रोपेको जानकारी दिइएको छ । जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजना निर्माणको क्रममा ‘रुख काट्ने मात्र नभई रुख बोटबिरुवाको संरक्षण पनि गरिन्छ’ भन्ने सन्देश दिन प्राधिकरणले प्रत्येक वर्ष साउन १५ गते मुलुकभरका कार्यालयमार्फत् वृक्षरोपण गर्दै आएको छ ।

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने उपयुक्त स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरुले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरुवा रोपेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेत, कार्यकारी निर्देशक कुलमान घिसिंगलगायतले फर्पिङमा तीन सय बढी नासपातीको बिरुवा रोपेका हुन् ।

आज साउन १५ गते नेपाली समाजमा खिर खाने प्रचलन छ ।

टिप्पणीहरू