थाइल्याण्डमा ‘गाँजाको कफी’ पिउँदै गर्दा पर्यटक ढले

थाइल्याण्डमा ‘गाँजाको कफी’ पिउँदै गर्दा पर्यटक ढले

थाइल्यान्डको चर्चित पर्यटकीयस्थल पतायाको ‘गाँजा क्याफे’ मा कफी पिएका कारण विदेशी नागरिक हमाद अल्ब्लेहेरको मृत्यु भएको छ । पताया फुटपाथको गाँजा क्याफेभित्र कफी पिएलगतै ती नागरिक ढलेको कफी हाउसका कर्मचारीहरूले बताएका छन् । 

कफी पिउँदैगर्दा पल्टिएका उनलाई त्यहाँका कर्मचारीहरूले उठाउन खोजे । तर हमाद छट्पटाइरहे । उनीहरूले तुरुन्तै आपतकालीन सहायता मागेर अस्पताल लैजाँदै गर्दा पर्यटकको मृत्यु भएको पताया पर्यटन प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार हमादले ढल्नुअघि अचानक आफूलाई सास फेर्न गाह्रो भएको गुनासो गरेको कर्मचारीहरू बताउँछन् । परिचय खुलेपनि राष्ट्रियता नखुलाइएका हमादको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

कफी पसलका कर्मचारीले प्रहरीलाई बताएअनुसार उनी नियमित रुपमा पतायाको ‘गाँजा क्याफे’ मा आउँथे । सँधै गाँजाको कफी र एक गिलास पानी अर्डर गर्थे । तर उनले गाँजा भने लिँदैनथे ।

हमादले अरुबेलाझैँ सोमबार कफी र पानी मगाएका थिए । उनले त्यतिखेर गाँजाको कफी पिएपनि अर्डर गरेको गाँजाको पानी भने पिउनै नपाइ ढलेका हुन् । त्यहाँको प्रहरीले कफी हाउसमाथि छानबिन सुरु गरेको अधिकारीहरूले जनाएका छन् ।

टिप्पणीहरू