पर्यटन विधेयकको मस्यौदामा राय सुझाव माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय पर्यटन विधेयकको मस्यौदा तर्जुमा कार्य शुरु गरेको छ ।
गत असार २६ गतेको क्याविनेट बैठकले संघीय पर्यटन विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएपछि मन्त्रालयले गृहकार्य थालेको हो ।
हाल पर्यटन ऐन, २०३५ कार्यान्वयनमा रहेको छ । तर, पर्यटन क्षेत्रमा विकसित नवीन विषयलाई कानूनमा समावेश गरी मुलुकको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्वपूर्ण आधार बनाउने उद्देश्यसहित मन्त्रालयले विधेयकको निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ ।
मन्त्रालयले विधेयकका लागि पर्यटन क्षेत्रमा संलग्न व्यवसायी, पेशागत संघसंस्था, विज्ञ, अनुसन्धानकर्तालगायतलाई आगामी ३० दिनभित्र आफ्नो राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन अनुरोधसमेत गरेको छ ।
टिप्पणीहरू