मारवाडी सेवा समाजको धर्मशालालाई पशुपति क्षेत्र विकास कोषको अल्टिमेटम
पशुपति क्षेत्र विकास कोषले राजधानीको गौशालामा रहेको धर्मशालाको भाडा पुनरावलोकनसहित नयाँ सम्झौता गर्न अल्टिमेटम दिएको छ । कोषले मारवाडी सेवा समाजले सञ्चालन गर्दै आएको उक्त धर्मशालालाई १५ दिनको समय दिइएको जनाएको छ ।
पछिल्लो दुई दशकदेखि सञ्चालित धर्मशालाको भाडादर एउटै रहेकाले नयाँ व्यवस्था गर्नुपरेको कोषको दाबी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको बैठकले धर्मशालाको भाडा पुनरावलोकन गर्ने निर्णय गरेपछि कोषले सोको निम्ति मारवाडी सेवा समाजलाई जानकारी गराएको हो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतले पनि भाडादर पुनरावलोकनसहित सम्झौता नवीकरणको निम्ति आदेश दिइसकेका थिए ।
टिप्पणीहरू