डिजिटल विज्ञापन गर्न चाहनेलाई ३५ दिने सूचना

डिजिटल विज्ञापन गर्न चाहनेलाई ३५ दिने सूचना
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति तथा संस्थासँग ३५ दिने आवेदन मागेको छ । 

आज सूचना प्रकाशित गर्दै महानगरले आफ्नो क्षेत्रभित्र घरजग्गा वा बाह्य विज्ञापनयोग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा, जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु वा सेवाको प्रचारप्रसार गर्न इच्छुक भएमा ३५ दिनभित्र निवेदन दिन माग गरेको हो ।

इच्छुक व्यक्ति, फर्म, संघसंस्थाले महानगरपालिकाको राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइको कार्यालय, काठमाडौं प्लाजा, कमलादीमा निवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

महानगरपालिकाको बाह्य विज्ञापन नियमन निर्देशिका, २०७९ ले तोकेको मापदण्ड पूरा गरेका विज्ञापन दातालाई निवेदन दिन तथा मापदण्ड विपरीत राखिएका बोर्ड झिकेर लैजान पनि अनुरोध गरिएको छ । 

अन्यथा, तोकिएको समयमा रीतपूर्वकको निवेदन नदिने तथा मापदण्ड विपरीतका बोर्ड झिकेर जफत गर्ने महानगरपालिकाको चेतावनी छ । 

साथै, त्यसरी झिकिने बोर्डको तिर्न बाँकी विज्ञापन कर र बोर्ड बन्द लगाउँदा लागेको खर्च सम्बन्धित विज्ञापन दाता वा घरधनीबाट असुलउपर गरिने जानकारी दिदैँ महानगरपालिकाले अनाधिकृत रुपमा बोर्ड राख्ने वा त्यसमा विज्ञापन गर्ने व्यक्तिलाई जरिवाना गरिनेसमेत सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू