सरकारले भन्यो : एमालेको माग पूरा हुँदैन
सरकारले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताएकोे छ । उक्त घटनाबारे सम्बन्धित निकायले छानबिन गरेकाले एमालेको मागबमोजिम उच्चस्तरीय छानबिन समिति गठनको कुनै आवश्यकता नरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन ।’ उहाँले विगतमा पनि सुन तस्करीको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन नगरिएको दाबी गर्नुभएको छ ।
यता एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध गरिरहेको छ ।
साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको झण्डै एक क्विन्टल सुन काण्डमा हालसम्म १८ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले हालसम्म मुख्य अभियुक्तको रुपमा कसैलाई पनि पक्राउ गरेको छैन ।
टिप्पणीहरू