पहिरोले पुरिएर नाबालकको मृत्यु, तीनजना बेपत्ता
दोलखामा पहिरोले पुरिएर एक नाबालकको ज्यान गएको छ भने तीनजना बेपत्ता भएका छन् ।
गएराति पहिरोले घर पुरिँदा गौरीशंकर गाउँपालिका–७ का टोपबहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोमा परि तीनजना घाईते भएका छन् । स्थानीय ४९ बर्षिय हरिलाल श्रेष्ठ, ६० बर्षिय कृष्णवहादुर मगर र ५० बर्षिया देवीमाया मगर अझै बेपत्ता छन् भने ४० बर्षका यज्ञवहादुर थामी, उनकी ३९ बर्षिया श्रीमती धनमाया थामी र २२ बर्षिया बुहारी सिता थामी घाइते भएकी छन् ।
घाईतेमध्ये यज्ञबहादुर र धनमायालाई हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज पुर्याइएको छ । अर्का घाईते सिता थामीको भने सिंगटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
गएराति करिब ९ बजे बस्ति माथिवाट पहिरो खस्दा टोपाटारका पाँचवटा घर परिएका हुन् ।
टिप्पणीहरू