सहायक प्रशासक जोशीलाई दोहोर्याएर स्पष्टीकरण

सहायक प्रशासक जोशीलाई दोहोर्याएर स्पष्टीकरण

पोखरा विश्वविद्यालयले सहायक प्रशासक (प्रशासन) पदमा कार्यरत यज्ञराज जोशीलाई पुनः स्पष्टीकरण सोधेको छ । 

यसअघि गत साउन ९ गते सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि उनीसंग पुनः स्पष्टीकरण मागिएको हो । स्पष्टीकरण पत्रमा आगामी सात दिनभित्र लिखित जवाफ बुझाउन निर्देशन दिइएको छ । 

अन्यथा, प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने विश्वविद्यालयको चेतावनी छ । 

सूचनामा भनिएको छ,‘२०८०÷०४÷०९ गते गोरखापत्रमा सात दिने सूचना प्रकाशित गरिएकोमा उक्त म्यादभित्र पत्र नबुझी स्पष्टीकरण पेश नगरेकाले पोखरा विश्वविद्यालय शिक्षक कर्मचारीसम्बन्धी नियमावली २०५५ को दफा ६५ ख (१) अनुसार तपाईँलाई कारबाही किन नगर्ने ? सो सम्बन्धमा यो सूचना प्रकाशित भएको सात दिनभित्रमा लिखित स्पष्टीकरण पेश गर्न पुनः यो सूचना प्रकाशित गरिएको छ ।’

टिप्पणीहरू