श्रीमानका अङ्ग रक्षकको पेस्तोल तीन सातापछि बल्ल भेटियो

श्रीमानका अङ्ग रक्षकको पेस्तोल तीन सातापछि बल्ल भेटियो
सुन्नुहोस्

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) ले बोक्दै आएको पेस्तोल हराएको तीन सातापछि फेला परेको छ । प्रभाकर खड्काले बोक्दै आएको उक्त पेस्तोल गत असार ३० गते हराएको थियो ।

चोरिएको पेस्तोलसहित बौद्धबाट सिन्धुपाल्चोकका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई पक्राउ गरिएको छ । मेघबहादुरको बयानपछि थामीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

पेस्तोल खड्काको घरबाटै हराएको जाहेरी परेपछि प्रहरीले खोजतलास गरेको थियो । त्यसलगत्तै खड्काले पेस्तोल चोरी भएको भनी प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । पेस्तोल कोठाबाटै हराएको खड्काको दाबी छ ।

टिप्पणीहरू