महाकाली नदीमा जल सतहले सतर्कता विन्दु नाघ्यो
फाइल फाेटाे
महाकाली नदीको जल सतहले सतर्कता विन्दु नाघेको छ । उच्च जल सतहका कारण कञ्चनपुरसँग जोडिएको बनबासा पुलमा ठूला सवारी साधन बन्द गरिएको छ ।
पहाडी भेगमा परेको अविरल वर्षाका कारण महाकाली नदीको जलस्तर गए रातिदेखि बढेको हो । बिहानदेखि सवारी आवागमनमा रोक लगाइएको बताइएको छ ।
महाकाली नदीको जल सतह पहाडी भेगमा जिल्लामा पनि बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
टिप्पणीहरू