लागुऔषधविरुद्ध इराकी महिलाको साइकल दौड

लागुऔषधविरुद्ध इराकी महिलाको साइकल दौड फोटो स्रोत : सिन्ह्वा ।
सुन्नुहोस्

लागुऔषधको प्रयोग र कारोबार विश्वका अधिकांश मुलुकमा ठूलो समस्या बन्दै गएको छ । पछिल्लो समय मुस्लिम राष्ट्रहरुमा समेत यसले भुसको आगोको रुप लिएको बताइन्छ । 

दशकौंको युद्धले ग्रस्त इराकमा पनि लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि त्यहाँका महिलाहरु चिन्तित बनेका हुन् । सर्वसाधारणलाई त्यसको प्रयोग र कारोबार नगर्न आग्रह गर्दै इराकी महिलाहरुले साइकल दौडको आयोजना गरेका छन् ।

लागुऔषधविरुद्ध जनचेतना फैलाउन साइकल दौडको आयोजना गरिएको उनीहरुको भनाई छ । ‘मेरो मुलुकभित्र लागुऔषध निषेध’ नाराका साथ आयोजित साइकल दौडमा धेरै महिलाको सहभागिता रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू