खैनी-सुर्ती प्लास्टिकमा प्याकिङ गर्न बन्देज

खैनी-सुर्ती प्लास्टिकमा प्याकिङ गर्न बन्देज
सुन्नुहोस्

प्लास्टिकबाहेकका जैविक रुपमा सडेर जाने सामग्रीमा मात्र प्याकिङ्ग गर्न विभागको निर्देशन 

आन्तरिक राजस्व विभागले प्लास्टिकबाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेवल) सामग्रीमा मात्रै प्याकिङ्ग गर्न निर्देशनयुक्त चेतावनी दिएको छ । 

अन्तःशुल्क नियमावली, २०५९ मा भएको चौविसौं संशोधनले संवत् २०८१ साल बैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानले प्लास्टिकबाहकेका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेवल) सामग्रीमा मात्रै प्याकिङ गर्नुपर्ने र त्यस्ता वस्तु पैठारी गर्ने इजाजतपत्रवालाले त्यस्तो वस्तुको प्याकिङ्ग सो उपनियम बमोजिमको सामग्रीमा गरिएको हुनुपर्ने व्यवस्था गरेको छ । विभागले आज सार्वजकि सूचना निकालेर सोहीबमोजिम गर्न गराउन भनेको हो । 

सूचनामा भनिएको छ, ‘अन्तःशुल्क नियमावली, २०५९ मा भएको चौविसौं संशोधनले संवत् २०८१ साल बैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानले प्लास्टिकबाहकेका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेवल) सामग्रीमा मात्रै प्याकिङ गर्नुपर्ने र त्यस्ता वस्तु पैठारी गर्ने इजाजतपत्रवालाले त्यस्तो वस्तुको प्याकिङ्ग सो उपनियम बमोजिमको सामग्रीमा पैठारी गर्नु गराउन आवश्यक तयारीका लागि यो सार्वजनिक सूचना जारी गरिएको छ ।’

विभागले उल्लिखित कानूनी व्यवस्थाको परिपालना नभएको पाइएमा प्रचलित कानूनबमोजिम भइजाने चेतावनी पनि दिएको छ ।
 

टिप्पणीहरू