हवाई उडान सम्बन्धी छलफलमा हो–हल्ला, पर्यटनमन्त्री सम्मिलित बैठक भाँडियो

कर्णालीमा हवाई उडान नियमित गर्नेबारे भइरहेको छलफल हो–हल्लापछि भाँडिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सम्मिलित छलफल सहभागीहरुले हो–हल्ला गरेपछि पुनः बस्नेगरी स्थगित गरिएको हो । 

मौसमका कारण मध्यान्ह १२ बजेपछि कर्णालीका सबै हवाई उडान बन्द गरेको विषयमा छलफल गर्न सरोकारवालाहरु आज अपरान्ह मन्त्रालय पुगेका थिए । छलफलमा कर्णाली प्रदेशका सांसद कमल बानियाँसहित दुई दर्जन सहभागी थिए । 

तर, मन्त्रीसँग छलफल भइरहेकोमा अकस्मात हो–होल्ला हुँदा तीन दिनपछि बस्नेगरी बैठक स्थगित गरिएको बताइएको छ । मन्त्री किराँतीले पुनः बैठक बसेर समस्या समाधान गर्ने आश्वासन दिएको पनि बुझिएको छ ।

टिप्पणीहरू