स्वास्थ्य बीमा कोषमा मुद्दती निक्षेप राख्नका लागि प्रस्ताव आह्वान

स्वास्थ्य बीमा कोषमा मुद्दती निक्षेप राख्नका लागि प्रस्ताव आह्वान

स्वास्थ्य बीमा बोर्डले बीमा कोषमा मुद्दती निक्षेप राख्नका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । 

बोर्डले एक सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक तथा वित्तिय संस्थालाई प्रस्ताव पेश गर्न भनेको हो । सूचनामा सात दिनभित्र आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी बोर्डको वेबसाइटमा उपलब्ध फाराम भरी गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न भनिएको छ । 

साथै, प्रस्ताव बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट पनि फाराम बुझाउन सकिने बोर्डले जनाएको छ । बोर्डले प्रस्ताव पेश गर्नका लागि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त संस्थाको रुपमा घोषणा गरेको नहुनुपर्ने तथा चुक्ता पूँजी कायम रहेको हुनुपर्ने बताएको छ ।

त्यस्तै, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकको सीमाभित्र भएको, विगत तीन वर्षदेखि नाफामा सञ्चालित भएको र संचित नोक्सानी भएको र निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू