पहाडी क्षेत्रका विमानस्थल सुरक्षित बनाउन प्राधिकरणको चार बुदेँ निर्णय

पहाडी क्षेत्रका विमानस्थल सुरक्षित बनाउन प्राधिकरणको चार बुदेँ निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने हवाई उडानलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि चार बुदेँ निर्णय गरेको छ । 

त्यस्ता क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वसनीयता कायम गर्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ । निर्णयअनुसार अब एसटीओएल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापश्चात् मात्र उडान अनुमति प्रदान गरिनेछ । 

त्यस्तै, एटीओएल विमानस्थलमा उडान गर्दा प्रत्येक उडानमा सीएए नेपाल सीएआर (२) मा भएका मापदण्डको सुनिश्चिततापश्चात् पीआईसी सम्पूर्ण रुपमा सन्तुष्ट हुनुपर्ने अर्को निर्णय छ । 

नेपालगञ्ज विमानस्थलबाट एसटीओएल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अनिवार्य फ्रलाइट अपरेशन अफिसरको व्यवस्था गर्नुपर्ने तथा फ्रलाइट अपरेशनसम्बन्धी सम्पूर्ण कार्य सोही अफिसरमार्फत गर्नुपर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण एसटीओएल विमानस्थलहरुको सञ्चालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदरको उपलब्धतताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशनको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत भएको जानकारी दिएको छ ।
 

टिप्पणीहरू