च्याउको तरकारी खाएका एकै परिवारका दुईजना बिते, अर्का एक सिकिस्त

च्याउको तरकारी खाएका एकै परिवारका दुईजना बिते, अर्का एक सिकिस्त
सुन्नुहोस्

दाङमा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

बंगलाचुली गाउँपालिका–४, मैकुटकी २७ वर्षीया ईश्वरी सुनार र उनकी छोरी ११ वर्षीया अस्मिता सुनारको ज्यान गएको हो । आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र अस्मिताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

मृतक ईश्वरीका श्रीमानको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुले गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ खाएका थिए ।

टिप्पणीहरू