बिदा स्वीकृत नगराई छुट्टी बस्ने शिक्षकमाथि अब कारबाही

बिदा स्वीकृत नगराई छुट्टी बस्ने शिक्षकमाथि अब कारबाही

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिदा स्वीकृत नगराई लामो समय विद्यालय नजाने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । 

मुलुकभरका स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो । परिपत्रमा बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजीनामा पेश गर्ने एंव सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने शिक्षकलाई कारबाही गर्न भनिएको छ । 

केन्द्रले शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली, २०५९ को नियम १३३ मा शिक्षकले पालना गर्नुपर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरीत कार्य गर्ने शिक्षकलाई गरिने सजायसम्बन्धी कानूनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढाउन भनेको छ । 

त्यस्तै, अख्तियार प्राप्त अधिकारीले नियम विपरीत कार्य गर्ने शिक्षकलाई प्रचलित कानूनबमोजिम कारबाही नगर्ने र कारबाहीको प्रक्रिया सुरु गरेपछि टुंगोमा नपुप्याई छाड्ने गरेका कारण विद्यालय र सरकारलाई हुने हानी नोक्सानीका लागि सम्बन्धित अधिकारी समेत जिम्मेवार हुने चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू