दावासँगको सम्बन्ध खुलेपछि अध्यागमनका हाकिमलाई सिंहदरबार तानियाे

दावासँगको सम्बन्ध खुलेपछि अध्यागमनका हाकिमलाई सिंहदरबार तानियाे

अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारी मन्त्रालय तानिएका छन् । साउन पहिलो साताको सुन तस्करीमा जोडिएका दावा छिरिङसँग सम्बन्ध राखेको विषय बाहिर आएसँगै गृह मन्त्रालयले उनलाई सिंहदरबार बोलाएको हो ।

६१ किलो सुन तस्करीका मुख्य हर्ताकर्ता भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावासँग अधिकारीले पटक–पटक सम्पर्क गरेको विषय केही दिनयता सार्वजनिक भइरहेका छन् । हिजो संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले समेत यस सम्बन्धमा प्रश्न उठाएका थिए । 

सीआइबीले सुन तस्करीको छानबिन गरिरहँदा यस्ता विषय बाहिर आएपछि अधिकारीलाई छानबिनका लागि मन्त्रालय लगिएको जनाइएको छ ।

टिप्पणीहरू