राजधानीमा बनाइने सार्वजनिक शौचालयको स्थान र डिजाइन मागियो

राजधानीमा बनाइने सार्वजनिक शौचालयको स्थान र डिजाइन मागियो
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले मातहतका वडा कार्यालयलाई सार्वजनिक शौचालय सञ्चालनका लागि उपयुक्त डिजाइनसहितको स्थान छनौट गर्न निर्देशन दिएको छ । 

महानगरपालिकाको ११ औं नगर कार्यपालिकाको बैठकले गत पुस १८ गते वडा कार्यालयलाई सार्वजनिक शौचालय बनाउन उपयुक्त स्थान पहिचान गरी आफ्नो वडा क्षेत्रभित्र सुविधा सम्पन्न, आधुनिक शौचालय बनाउने अधिकार प्रदान गरेको थियो । 

सोहीअनुरुप महानगरको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख डा.शिवराज अधिकारीले आज सबै वडा कार्यालयलाई परिपत्र गर्दै आफ्नो वडा क्षेत्रमा उपलब्ध हुने स्थानलाई उपयुक्त हुने किसिमको डिजाइन छनौट गरेर सार्वजनिक शौचालय सञ्चालनको निम्ति खरिद प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन् । 

परिपत्रमा भनिएको छ, ‘महानगरपालिकाको शहरी योजना आयोगको प्राविधिक सपोर्टमा महानगरपालिका क्षेत्रमा स्थानअनुसार उपयुक्त हुने विभिन्न सार्वजनिक शौचालयको ड्रइङ्ग, डिजाइन तयार गरिएको हुँदा उक्त ड्रइङ्ग डिजाइनमध्ये तहाँ वडा क्षेत्रमा उपलब्ध हुने स्थानलाई उपयुक्त हुने किसिमको ड्रइङ्ग, डिजाइन छनौट गरी सार्वजनिक शौचालय सञ्चालनको लागि खरिद प्रक्रियामा अगाडि बढाउनुहुन अनुरोध छ ।’

टिप्पणीहरू