भीरबाट खसेको ढुंगाले पुतली सिकिस्त
भीरबाट खसेको ढुंगा लागेर दार्चुलामा एक महिला गम्भीर घाइते भएकी छन् ।
नौगाड गाउँपालिका–५, भीडकी ३५ वर्षीया पुतमी ढुंगा लागेर घाइते भएकी हुन् । आज बिहान घाँस काटेर घर फर्कने क्रममा उनलाई भीर माथिबाट खसेको ढुंगाले लागेको प्रहरीले बताएको छ ।
गम्भीर घाइते पुतलीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पणीहरू