भोलि दुबै सदनको बैठक बस्ने

भोलि दुबै सदनको बैठक बस्ने

संघीय संसदका दुबै सदनको बैठक भोलि बस्ने भएको छ । 

संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले भोलि दिउँसो १ बजे राष्ट्रियसभाको बैठक तय भएको जानकारी दिए । उनका अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यस्तै, प्रतिनिधिसभाको बैठक पनि भोलि नै बोलाइएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची तय गरिएको महासचिव गौतमले बताए । 

बैठकमा सभामुखले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूचीमा उल्लेख छ ।

टिप्पणीहरू