कांग्रेस प्रमुख सचेतकले पद छोडे

कांग्रेस प्रमुख सचेतकले पद छोडे
सुन्नुहोस्

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी दिएका हुन् । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव भएको महसुस भएकोले राजीनामा दिएको उनले बताएका छन् । 

‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव भएको महसुस गरेको छु,’ उनले लेखेका छन्, ‘अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’
 

टिप्पणीहरू