बिजुलीको काम सकिएपछि प्राधिकरणका कर्मचारीले घुस मागे

बिजुलीको काम सकिएपछि प्राधिकरणका कर्मचारीले घुस मागे

नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारी घुससहित समातिएका छन् । सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान बिर्जुकुमार महतो २५ हजार रुपैयाँ घुससहित समातिएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिएको टोलीले उनलाई आज सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । 

आयोगका अनुसार उनले उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए । उनीमाथि थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।

टिप्पणीहरू