स्वास्थ्य अनुसन्धान परिषद्द्वारा कर्मचारी माग
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करारमा कर्मचारी भर्ना गर्ने भएको छ । आज सार्वजनिक सूचना निकालेर परिषद्ले अनुसन्धान अधिकृतसहित २७ जना कर्मचारी नियुक्त गर्न लागेको जानकारी दिएको हो ।
सूचनामा २२ जना अनुसन्धान अधिकृत, २ जना प्रशासन सहायक, २ जना लेखा सहायक र १ जना स्टोर सहायक मागिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी सात दिनभित्र आवेदन दिन सक्नेछन् । साथै, यससम्बन्धी विस्तृत जानकारी परिषद्को वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।
टिप्पणीहरू