उत्तर कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति पाहुना

उत्तर कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति पाहुना

काठमाडौंस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजदूतावासले आफ्नो मुलुक स्थापनाको ७५ औं वार्षिकोत्सव मनाएको छ । ललितपुरमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रमुख अतिथि बनाइएको छ ।

हिजो आयोजित कार्यक्रममा बोल्दै नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मनले दुई मुलुकबीचको हार्दिकतापूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने बताउनुभएको छ । दूतावासका अनुसार सो अवसरमा राजदूतले पछिल्लो ७५ वर्षमा कोरियाले गरेको समग्र विकासका साथै विश्व शान्ति र मानवजातिको उत्थानको निम्ति गरिएको पहलबारे संक्षिप्त जानकारी दिनुभएको थियो । 

कार्यक्रममा भूतपूर्व प्रधानमन्त्री,भूतपूर्व मन्त्रीहरु, राजनीतिक दलका नेता, उच्च सरकारी अधिकारीहरुको सहभागिता थियो । उत्तर कोरियाको स्थापना सन् १९४८ सेप्टेम्बर ९ मा भएको हो ।

टिप्पणीहरू