मधुवनकी कालीलाई बाघले खायो
बर्दियाको मधुवन नगरपालिका–३, धनौरास्थित जंगलमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट ज्यान गएको छ ।
आज अपरान्ह ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी काली वंशीलाई बाघले आक्रमण गरेको थियो । सोही क्रममा ५२ वर्षीया कालीको मृत्यु भएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको हो ।
उनको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया लगिएको छ ।
टिप्पणीहरू