पुरस्कारका लागि खेलकुद पत्रकारसँग आवेदन मागियो

पुरस्कारका लागि खेलकुद पत्रकारसँग आवेदन मागियो

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने केही पत्रकारलाई छानेर पुरस्कार दिन लागिएको हो । 

मन्त्रालयले आज सूचना जारी गर्दै खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ । खेलकुद बिटमा पत्रकारिता गर्नेले एक महिनाभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । 

‘यस मन्त्रालयको चालू आर्थिक वर्ष २०८०–८१ को वार्षिक कार्यक्रमअनुसार खेलकुद क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याउनुहुने नेपाली खेलकुद पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेकाले यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी दरखास्त दिनुहुन’, मन्त्रालयले भनेको छ । 

आवदेकले स्वयं उपस्थित भएर वा इमेलमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू