काठमाडौँ महानगरद्वारा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक

काठमाडौँ महानगरद्वारा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै पनि कारणले निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । 

हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन र स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन सूचीमा समावेश छ । त्यस्तै, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडास्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यक पर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयन पनि रहेको छ । 

महानगरले आकाशे पुलमा सिसाका बार बनाउने, सडक पेटीलगायत संरचनाको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण तथा काठमाडौं प्लाजामा स्तनपान कक्ष निर्माण गराउनेजस्ता कामहरु पनि सूचीमा समेटेको छ ।

टिप्पणीहरू