नेम्वाङको कुर्सीमा फूलमाला
नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बसेको छ । उपाध्यक्ष सुवास नेम्वाङको अकल्पनीय निधनपछि बोलाइएको सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा बसेको छ ।
बैठकमा उपाध्यक्ष नेम्वाङ बस्ने गरेको कुर्सीमा फूलमाला राखिएको छ । सचिवालय बैठक जारी रहँदा शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीर च्यासलमा लगिएको छ । मध्यान्हपछि दिवंगत आत्माप्रति श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ ।
संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको हृदयाघातका कारण आज बिहान निधन भएको हो । राति साढे १ बजे शौचालयमा बेहोस अवस्थामा भेटिएका उहाँलाई तत्काल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
सरकारले नेम्वाङ्गको अन्त्यष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
टिप्पणीहरू