पितृको स्मरण गर्नेहरुको गोकर्णेश्वरमा घुँइचो (फोटो फिचर)

पितृको स्मरण गर्नेहरुको गोकर्णेश्वरमा घुँइचो (फोटो फिचर)
सुन्नुहोस्

आज कुशें औंसी । प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशें औंसीमा वैदिक सनातन धर्मावलम्बीहरुले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउने गर्दछन् । 

शास्त्रीय विधिअनुसार ब्राह्मणद्धारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने जनविश्वास गरिन्छ ।

कुशें औंसीलाई बुवाको मुख हेर्ने दिन पनि भन्ने गरिएको छ । परम्पराअनुसार छोराछोरीहरुले आफ्नो बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुनेले विभिन्न पवित्र स्थानमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने चलन छ । 

काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । दिवंगत बुवाको स्मरण गर्नेहरुको भीड थेगिनसक्नु छ । गोकर्णेश्वर मन्दिर परिसरमा आज विशेष मेलासमेत लागेको छ ।

टिप्पणीहरू