रोयल इनफिल्ड हण्टर ३५० बुटवलमा सार्वजनिक

रोयल इनफिल्ड हण्टर ३५० बुटवलमा सार्वजनिक

रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले रोयल इनफिल्ड हण्टर ३५० लञ्च गरेको छ । कम्पनीले आज मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरेको हो । 

कम्पनी अध्यक्ष प्रेमराज गैरेले बुटवलस्थित कालिकानगरमा रहेको रोयल इनफिल्डको शोरुममा मोटरसाइकल बिक्री शुभारम्भ गरेका हुन् । उक्त मोटरसाइकलको प्रारम्भिक मूल्य चार लाख ५९ हजार रुपैयाँ रहेको उनले जानकारी दिए । 

यसको उपल्लो मूल्य चार लाख ७९ हजार रुपैयाँ छ । हण्टर रेट्रो र मेट्रो दुई भेरियन्टसहित विभिन्न रंगमा उपलब्ध हुने बताइन्छ ।  

३४९ सीसीको सिंगल सिलिण्डर फ्युल इन्जेक्ट एसपोएचसी एण्ड आयल कूल्ड इन्जिनले अधिकतम छ हजार एक सय आरपीएममा २० दशमलव दुई हर्सपावर र चार हजार आरपीएममा २७ न्यूटन मीटर टर्क जेनेरेट गर्ने यो इञ्जिजनमा पाँच स्पीडको गियर बक्स उपलब्ध छ । 

भारतमा सन् २०२२ मा लञ्च भएको मोटरसाइकल नेपाली बजारमा हालै मात्र भित्रिएको हो । गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल गत जेठमा लञ्च गरेको थियो ।

टिप्पणीहरू