बंगलादेशी सैनिक आइपुगे नेपाल

बंगलादेशी सैनिक आइपुगे नेपाल
सुन्नुहोस्

बंगलादेश मिरपुरस्थित डिफेन्स कलेजमा तालिमरत ३० जना  सैनिक नेपालको अध्ययन भ्रमणमा आएका छन् । उनीहरुलाई पोखरा घुमाउन नेपाली सेनाका चार जना खटिएका छन् ।

बंगलादेशको डिफेन्स सर्भिसेज कमाण्ड एण्ड स्टाफ कलेज,मिरपुरमा तालिमरत शिक्षार्थीहरु कर्नेल मोहम्मद जाहिद हुसेनको नेतृत्वमा नेपाल आएका हुन् । आगामी शुक्रबारसम्म नेपालमा रहने टोली पोखरा जाने कार्यक्रम छ । 

एक जना केन्याली मेजरसमेत रहेको टोलीलाई नेपाली सेनाका लेफ्टिनेण्ट कर्नेल दिवाकर रायमाझीको नेतृत्वमा खटाइएको समूहले नेपालमा बसुञ्जेल सहजिकरण गर्ने छ । उक्त समूहमा मेजर विश्वास अधिकारी सुरक्षा अधिकृत,क्याप्टेन डा. दिलिप पौडेल मेडिकल अफिसर र सन्तोष तिमिल्सिना फोटोग्राफरको भूमिकामा रहने छन् ।

टिप्पणीहरू