दैलेखमा चट्याङ : एकको मृत्यु, नौ घाइते

दैलेखमा चट्याङ : एकको मृत्यु, नौ घाइते
सुन्नुहोस्

दैलेखमा चट्याङका कारण एक जनाले ज्यान गुमाएका छन् भने  नौजना घाइते भएका छन् । महावु गाउँपालिका ३, बासी रिठ्ठामा परेको चट्याङमा परेका एक जना घाइतेको अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १६ वर्षीय किशोर दाहालको मृत्यु भएको छ । अन्य नौ जनामध्ये १०, वर्षकी बालिका, १२ र १३ वर्षका बालकहरु पनि घाइते छन् ।

टिप्पणीहरू