काभ्रेपलाञ्चोकको मन्डनदेउपुरमा ‘थकाई’ बिदा

काभ्रेपलाञ्चोकको मन्डनदेउपुरमा ‘थकाई’ बिदा

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले पालिकाभर थकाई बिदा दिएको छ । नगरपालिकाले सबै सरकारी कार्यालय तथा विद्यालयमा आज थकाई बिदा दिइएको जनाएको छ ।

संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ गर्ने क्रममा सोको व्यवस्थापनमा खटिँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाई लागेकाले आज बिदा दिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०८०/०६/४ गतेका दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई बिदा गरिएको छ ।’

टिप्पणीहरू