वार्ताका लागि शिक्षकहरु गृह मन्त्रालय पुगे
शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरु सरकारसँग वार्ता गर्न सिंहदरबार पुगेका छन् ।
अहिले सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राईलगायत सहभागी छन् । त्यस्तै, आन्दोलनकारीका तर्फबाट नेपाल शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा बसेका छन् ।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । हिजो र आज बिहान पनि दुई पक्षबीच वार्ता भएको थियो ।
अहिलेको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा बुँदागत रुपमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू