कम्बोडियाका राजा र टिमोरका प्रधानमन्त्रीपछि प्रचण्डसङ्ग सिको भेट

कम्बोडियाका राजा र टिमोरका प्रधानमन्त्रीपछि प्रचण्डसङ्ग सिको भेट
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आठ दिने चीन भ्रमणमा हाङ्चौ शहर पुग्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कबाट सोझै त्यहाँ जानुभएको हो । 

आज राति ८ बजेदेखि शुरु हुने १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुनुअघि उहाँले राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसअघि आजै हाङ्चौमा राष्ट्रपति सिले कम्बोडियाका राजा नरोद्दम सिंहामोनीसँग शिष्टाचार भेट गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । आजै राष्ट्रपतिसँग टिमोर लेस्टेका प्रधानमन्त्री सानाना गुस्माओले पनि भेटवार्ता गरेको बताइएको छ ।

 

टिप्पणीहरू