आफू समर्थक नक्कली फेसबुक पेजमा अश्लिल फोटो देखेपछि एमाले अध्यक्षद्वारा सामाजिक सञ्जालमा कडाइ
एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । आफ्नो नक्कली फेसबुक पेजमा अस्तिदेखि अश्लिल फोटोहरु राखेको देखेपछि अध्यक्ष ओलीले उक्त माग गर्नुभएको बताइएको छ ।
नक्कली फेसबुक पेजको स्टोरीमा थरिथरिका अश्लिल फोटो हालिएको छ । एकथरीले उहाँको फेसबुक पेज ह्याक भएको बताएका छन् ।
तर,एमाले नेताहरुले अध्यक्षको नाममा नक्कली फेसबुक पेज बनाएर अश्लिल फोटो हाल्दै बदनाम गराउने प्रयास भएको बताएका छन् ।
टिप्पणीहरू